नेप्से ३१.५४ अंकले बढ्यो
१२ कार्तिक काठमाडौं । दसैँपछिको सेयर बजार क्रमशः उकालो लागेको छ । दसैँअघि उत्साहित हुन नसकेको बजारले कात्तिक ११ देखि लय लिन थालेको छ ।जसको निरन्तरतास्वरुप बिहीबार (कात्तिक १२) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंक अर्थात् १.१८ प्रतिशतले बढेर २६९५.६० विन्दुमा बन्द भएको छ । अघिल्लो दिन बुधबार पनि नेप्से सूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा बन्द भएको थियो ।
यस दिन सबै उपसमूहको सेयर मूल्य वृद्धि भएको छ । कुल ३५० कम्पनीको दुई करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर किनबेच भयो । जसबाट कुल कारोबार रकम आठ अर्ब ५७ करोड ९८ हजार ८२३ रुपैयाँ पुगेको छ । कुल ६९ हजार ६१६ पटकको कारोबारमार्फत उक्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
१८१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ९१ को सेयर मूल्य ओरालो लाग्यो । यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । सबैभन्दा बढी कमाउने कम्पनीमा बेनी हाइड्रोपावर, सोपान फार्मेस्युटिकल्स, नेपाल रिइन्स्योरेन्स, नेपाल फाइनान्स, एनआईसी एसिया बैंक रहेका छन् ।
यस्तै, सबैभन्दा बढी गुमाउने कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, चिख्र्वा हाइड्रोपावर, सनराइज ब्ल्यूचिप फन्ड, एचएलआईलार्ज क्याप फन्ड र राष्ट्रिय बिमा कम्पनी रहेका छन् ।