मनकामना केबुलकार आज बन्द


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०७७
13.4K
SHARES

१२ चैत काठमाडौं । आज गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने मनकामना केबुलकार सेवा बन्द हुने भएको छ। नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार केबलकार बन्द हुने भएको हो।

नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ। प्रालिका अनुसार केबुलकार चैत १३ गते शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ।