अब रासायनिक मलको कारखाना खोल्छौं – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०७७
9.9K
SHARES

१२ चैत काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी बिजुलीबाटै रासायनिक मल कारखाना खोल्ने बताएका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले रासायनिक मल कारखाना खोल्न आवश्यक पर्ने बिजुली दिन कुनै एक परियोजना नै उपलब्ध गराउन सरकार तयार रहेको बताए।

नेपालमा हालै अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपन्छी विकास मन्त्री पद्‍मा अर्यालले हालै दिएको प्रतिवेदनमा नेपालमा मल कारखाना सञ्चालन गर्न सकिने र त्यसका लागि भारतबाट प्राकृतिक ग्याँस ल्याउने उल्लेख गरेका थिए। नेपालमा केही वर्षमा विजुली खेर जाने स्थिति आउने तर भारतबाट प्राकृतिक ग्याँस ल्याएर मल कारखाना चलाउनु उचित नहुने विज्ञहरुले बताउँदै आएका छन्।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुले दिएको प्रतिवेदनको बचाउ गर्दै छिटो हुने भएकाले प्राकृतिक ग्याँसबाट चल्ने उद्योग बनाउनुपर्ने बाध्यता भए पनि अब सरकार बिजुलीबाटै कारखाना खोल्ने निर्णयमा पुगेको बताए।