आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र १८ २०७७
5.2K
SHARES

१८ चैत काठमाडौ । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ।  दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्नेछ। बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्। आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छन्।

साथै विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छन्।प्रतिनिधि सभा पुनर्स्थापना भए पनि सरकारले बिजनेश नदिएको आरोप छ।