आज मेलम्ची खानेपानी आयोजनाको उद्घाटन , खानेपानीमन्त्री थापा भने अनुपस्थित
२० चैत काठमाडौ । आज काठमाडौंको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको औपचारिक वितरण समारोहमा भने खानेपानीमन्त्री मणी थापा अनुपस्थित रहे ।
स्वास्थ्यमा देखिएको समस्याका कारण खानेपानी अनुपस्थित रहेको जानकारी उद्घोषकले गराए । खानेपानी मन्त्री थापाको उद्घाटन मन्तव्य भिडियो मार्फत दिइएको थियो ।
खानेपानी मन्त्री भएपछि मन्त्री थापा मेलम्ची खानेपानीका लागि बढी नै सक्रिय थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक वितरणको सुरुवात गरे । तर, आज काठमाडौंमा खानेपानी वितरणका लागि औपचारिक उद्घाटन समारोहमा भने मन्त्री थापा उपस्थित हुन सकेनन् ।
पारिवारिक स्रोतका अनुसार, मन्त्री थापा तीन दिनदेखि विरामी छन् । उनलाई आज बिहानदेखि बढी नै बिसञ्चो भएपछि कार्यक्रममा अनुपस्थित भएका हुन् ।