संसद भवनमा आक्रमण


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र २१ २०७७
8.2K
SHARES

२१ चैत एजेन्सी । अमेरिकाको राजधानी स्थित संसद भवन क्षेत्रमा आक्रमण भएको छ। उक्त आक्रमणमा परि एक प्रहरी अधिकारीको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् । संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएको थियो । त्यसपछि चालकले प्रहरीलाई अधिकारीमाथि चक्कुले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीको गोली लागेर आक्रमण संलग्न व्यक्तिको पनि मृत्यु भएको छ । संसद भवनमा तीन महिना पहिले (जनवरी ६) तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए ।

अहिलेको आक्रमण आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको अधिकारीले बताएका छन् । आक्रमणमा ज्यान गुमाउने प्रहरी अधिकारीको नाम विलियम ‘बिली’ इभान्स रहेको वासिङ्गटन डिसी महानगरिय प्रहरी विभागले जनाएको छ ।