उपत्यका प्रदेशमा झाको प्यानलै बिजयी
२७ चैत काठमाडौ। नेपाल पत्रकारको महासंघको उपत्यका प्रदेशमा श्रीजन झाको अध्यक्षमा संयुक्त प्यानलले सान्दार जीत हांसिल गरेका छ।
सम्पन्न निर्बाचनको मतपरिणामअनुसार उपत्यका प्रदेशमा झा नेतृत्वको प्यानलै बिजयी भएको हो।उपाध्यक्षमा वीरबहादुर लामा, महासचिवमा टेकबहादुर रोका र खुल्ला सचिवमा रोशनराज पाण्डे विजयी भएका छन्।त्यस्तै कोषाध्यक्षमा अर्जुन पन्त विजयी भएका छन् । त्यस्तै सचिव समावेशीमा अमर भुजुले जित हात पारेका छन् ।
सदस्यहरुमा प्रवीण श्रेष्ठ, माधवप्रसाद घिमिरे, घनश्याम अधिकारी, नेत्रप्रसाद न्यौपाने, विष्णु कुमार गिरी, रमाकुमारी न्यौपाने ‘आर्ज्या’ र विधुर ढकाल विजयी भएका छन् ।त्यस्तै आदिवासी जनजाति सदस्यमा अर्जुन तामाङ र रत्नकृष्ण श्रेष्ठले जित हात पारेका छन् भने दलित सदस्यमा सुशील दर्नाल विजयी भएका छन् ।