प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र ३० २०७७
8.7K
SHARES
काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो एक बजे बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
उनका अनुसार आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन पेस गर्ने कार्यसूची राखिएको छ । राष्ट्रिय सूचना आयोगको आर्थिक बर्ष २०७६–२०७७ को बार्षिक प्रतिवेदन पेस हुने कार्यसूचीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट