यी जिल्लामा मात्र भोली सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १ २०७८
4K
SHARES

१ वैशाख काठमाडौं। नेपाल सरकारले आज नयाँ वर्षको दिन देशभरि सार्वजनिक बिदा छ। सरकारले भोली बिहीबार पनि पाँच जिल्लामा सार्वजनिक बिदा दिने भएको छ। सिरूवा–पवानी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयानुसार २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने ’सार्वजनिक बिदा’ गत चैत ९ गते नै राजपत्रमा प्रकाशित गरेको थियो।

सो राजपत्रमा प्रकाशित भएको सूचना अनुसार नै सिरूवा–पावनी पर्व बिहीबार परेकाले उक्त पर्व मनाइने पाँच जिल्लामा बिदा हुने मन्त्रालयले जनाएको हो।