एक साता लकडाउन गर्ने निर्णय
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख १२ २०७८
4.3K
SHARES
१२ वैशाख काठमाडौं। कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि लकडाउन गरिएको छ।
कोहलपुर नगरपालिका स्तरीय कोभिड-१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले आज राति १२ बजेदेखि बैशाख १९ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो।
लकडाउनको अवधिमा नगरपालिका क्षेत्रमा अत्यावश्यक काम बाहेक अन्य कुनैपनि कार्य गर्न नपाइने जनाइएको छ। यता संक्रमण समुदाय स्तरमा फैलिएपछि नेपालगन्ज उपमहानगरपालिकामा बैशाख ९ देखि १५ गतेसम्मका लागि लकडाउन गरिसकेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट