उपत्यका प्रवेश गर्ने नाका बन्द गर्ने निर्णय


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १३ २०७८
12K
SHARES

१३ वैशाख काठमाडौं। नेपाल सरकारले उपत्यका प्रवेशमा रोक लगाउने भएको छ। उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै सीमा नाकामा अत्यावश्यकबाहेकका सवारीसाधनलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

राजधानीमा समेत अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालन हुन नपाउने भएकाले उपत्यका आवतजावत ठप्प पार्न लागिएको हो। उपत्यका प्रवेशमा रोक लगाउने १५ गतेदेखि कि १६ गतेदेखि भन्नेबारे निर्णयका लागि अहिले जिप्रकामा छलफल भइरहेको उनले बताए।

अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यसलाई अन्तिम रूप दिने तयारी गरेको छ। एम्बुलेन्स, स्वास्थ्य सामग्री, खाद्य ढुवानी र सञ्चारका साधन बाहेक अन्य यातायात सञ्चालन गर्न नदिने भएको हो। यस्तै बजार पसल समेत अति आवश्यक बाहेकका चल्न नपाउने भएका छन्।