उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २१ २०७८
4.8K
SHARES

२१ वैशाख काठमाडौं ।आजबाट काठमाडौँ उपत्यकामा जारि निषेधाज्ञा थप भएको छ। निषेधाज्ञा वैशाख २९ गतेसम्मलागि थप गरिएको हो। मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार अब थप कडाइ गरिने भएको छ। बेलुकीको समयमा अत्यावश्यक पसल पनि सञ्चालन गर्न नपाइने भएको छ।

बेलुकीको समयमा अत्यावश्यक पसल पनि सञ्चालन गर्न नपाइने भएको छ। बिहान भने ९ बजेसम्म भने पसल सञ्चालन हुन पाउने छन्। बैंक तथा वित्तीय संस्थामा कर्मचारी सीमित गर्ने, सरकारी कार्यालयमा पनि कर्मचारी र सवारी साधनको संख्या घटाउने व्यवस्था गर्ने निर्णय भएको छ। यसको व्यवस्था सम्बन्धित मन्त्रालय र विभागबाटै गर्ने प्रमुख जिल्ला अधिकारीको निर्णय छ।

सञ्चारमाध्यमलाई पनि आवागमनमा थप कडाइ गरिने भएको छ। अब सूचना विभागले जारी गरेका प्रेस पास देखाउनुपर्नेछ। त्यो नभएकाहरुका हकमा सम्बन्धित सञ्चारगृहले प्रशासनमा न्यूनतम कर्मचारी खटाउने र तिनको विवरण जिल्ला प्रशासनमा उपलब्ध गराउनु पर्नेछ। काठमाडौँ उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा छ ।