आज कोरोनाको कारण २१४ जनाको मृत्यु , ९ हजार २४७ जनामा संक्रमण


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ३ २०७८
3.4K
SHARES

३ जेठ काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा थप ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेका छन । देशभरबाट ५ हजार ७६७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन ।

कोरोना भाइरस संक्रमणका कारण आज एकै दिन २१४ जनाको मृत्यु भएको छ । यो संगै मृतकको संख्या ५ हजार २ सय १४ जना पुगेको छ ।