गणतन्त्रको कारण देश र जनता कमजोर भए – नेता थापा


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
2.5K
SHARES

१५ जेठ काठमाडौ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रिय एकताका प्रतिक राजसंस्था हटाएर देश र जनाता कमजोर भएको टिप्पणी गरेका छन् । गणतन्त्र दिवसको दिन शनिबार सामाजिक सञ्जाल ट्वीटर मार्फत थापाले १३ बर्षअघि राष्ट्रियता र एकताको प्रतिक राजसंस्था पाखालगाई गणतन्त्र घोषणा गरिए पछि देश र जनता बलियो नभएको बताए ।

उनले भने, ‘बरू भ्रष्टाचार,धर्मपरिवर्तन,सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ। राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ ।’ उनले यस अघि वर्तमान संसदबाट समस्याको समाधान नहुने र सर्वोच्च अदालतबाट संसद पुर्नस्थापना भएपनि पुनः ओली नै बलियो हुने दावी गरेका थिए ।