बाह्यशक्तिको क्रिडास्थल बन्नबाट देशलाई बचाऔं – नेता श्रेष्ठ
१५ जेठ काठमाडौ । आज नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायकाजी श्रेष्ठले गणतन्त्रका विरोधीहरुबाट गणतन्त्रका मूल्य–मान्यता विपरित कामहरू गरेका बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै बाह्यशक्तिको क्रिडास्थल बन्नबाट देशलाई बचाउन आव्हान समेत गरेका छन ।
गणतन्त्र दिवस २०७८ को अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहीनीहरुमा हार्दिक अभिनन्दन तथा शुभकामना।संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न प्रम केपी ओलीको नेतृत्व र राष्ट्रपतिको सहयोगमा चालिएको प्रतिगामी कदमलाई असफल पारौं।साथै सबै पार्टी र नेताहरुले लोकन्तान्त्रिक दृष्टिकोण र मुल्यमान्यता अनुरुप आफुलाई फेरौं।
बाह्यशक्तिको क्रिडास्थल बन्नबाट देशलाई बचाऔं ।राष्ट्रिय स्वाधीनता एवं लोकतन्त्रको रक्षा गरौं , पार्टी र नेताहरुले आफुलाई बदलौं ,लोकन्तान्त्रिक अभ्यासलाई प्रभावकारी बनाऔं ,समृध्दिको बाटोमा अघि बढौं र जनताको जीवन फेरौं ।