नेता भुसालमाथि मुख्यमन्त्री पोखरेलको यस्तो काउन्टर
१५ जेठ काठमाडौं । आज नेकपा एमालेका दुई नेताबीच आरोप प्रत्यारोपको शृङ्खला लम्बिएको छ । पार्टी विभाजनको नजिक पुग्दा लुम्बिनी प्रदेशका दुई हस्तीहरू छेडखानीमा उत्रिएका छन् ।
शनिबार नेकपा एमालेका प्रभावशाली नेता घनश्याम भुसालले नेकपा विवाद उत्कर्षमा पुगेका बेला अब गैरदलीय (खिलराज रेग्मीजस्तै) नेतृत्वको खोजी हुनसक्ने चर्चा चलेको बताएका थिए ।
त्यसको काउन्टर दिँद लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले गर्न चाहेको चुनाव असफल पार्दा खिलराज रेग्मी जन्मने बताएका छन् ।
संविधानतः मध्यावधिमा जादा ओलीको नेतृत्वलाई अस्वीकार गर्न खोज्दा हो खिलराज रेग्मी जन्मिने । अन्यथा जननिर्वाचित नेतृत्व रहन्छ नै,” उनले भनेका छन् । “एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भू–राजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ ।