सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ १५ २०७८
5.7K
SHARES
१५ जेठ काठमाडौ । नेपाल सरकारले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम सुकुम्बासीका लागि बिनियोजन गरेको बताउनुभयो ।
भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी आर्थिक बर्षभित्र जग्गा प्रदान गर्न सो रकम छुट्याइएको मन्त्री पौडेलले जानकारी दिनुभयो ।
उहाँले गैर कानूनी रुपमा कब्जा गरिएका सरकारी तथा गुठीका जग्गा फिर्ता ल्याउने पनि बताउनुभयो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट