यस्तो निर्णय गर्दै विपक्षीको बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १६ २०७८
4.8K
SHARES

१६ जेठकाठमाडौं ।आज विपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको निष्कर्ष निकालेको छ ।

आइतबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलबाट उक्त निष्कर्ष निकालिएको हो ।

अध्यादेशबाट बजेट ल्याएको विरोधमा संयुक्त विज्ञप्तिमार्फत साझा धारणा सर्वजनिक गर्न लागिएको माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले बताए ।