बजेट कार्यान्वयनका लागि ल्याइएको हो , सुनाउनको लागि होइन – अर्थमन्त्री पौडेल
१६ जेठ काठमाडौं। आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बजेटको विषयमा धेरै प्रतिक्रिया सकारात्मक आएका छन्। शनिबार प्रस्तुत भएको आर्थिक वर्ष २०७८/७९ को बजेटमाथि आएका प्रतिक्रियाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि आएको बताएका हुन्।
अर्थमन्त्री पौडेलले भने, ‘कतिपयले कार्यान्वयन हुन नसक्ने भनेर भनेको पनि सुनेको छु। यो विषयमा म प्रष्ट भन्न चाहन्छु बजेट सुनाउनका लागि होइन कार्यान्वयनका लागि ल्याइएको हो।’
उनले बजेट कार्यान्वयन गरेर देखाउने समेत बताएका छन्। विपक्षी दलले अध्यादेशमार्फत् बजेट आएको भन्दै विरोध जनाएको भन्दै उनले सरकारले संविधान बमोजिम पूर्णबजेट ल्याएको दाबी गरे। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुसार सरकार अगाडि बढेको उनको भनाइ छ।