कांग्रेस-माओवादी दुवै पार्टी फुटाइदिन सक्छु – नेता बस्नेत
१७ जेठ काठमाडौं। आज नेकपा एमालेका नेता महेश बस्नेतले आफूले चाहे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुबै दल फुटाउन सक्ने दाबी गरेका छन्।
बस्नेतले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी समेत गरे । माओवादी केन्द्रका पनि २५/२६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्ने निष्कर्षमा पुगेको उनले बताए। सोमबार एमालेसम्वद्ध युवा संघ नेपालको भर्चुअल बैठकलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘उहाँहरुको जस्तो हर्कत गर्ने हो भने हामी दुबै दललाई विभाजन गर्न सक्ने हैसियतमा छौं।
यद्यपि यस्ता गतिविधि गर्दा अपहरण जस्ता आरोप लगाउँछन्।’उनले अब फेरि ५ वर्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने दाबी गरे।