जसपा सरकारमा जादै , महतोको माग गृहमा
१७ जेठ काठमाडौं । अब जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका उनीहरुले उपप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री पाए सरकारमा सहभागि हुने र गृह मन्त्री पाउनु पर्ने माग गरेका छन । भेटमा मन्त्रालय बाँडफाँटबारे कुराकानी भएको स्रोतले जनायो ।
जसपाले अघि सारेका माग–मुद्दा सम्बोधन भएकोले ओली सरकारमा सहभागी हुने निर्णय गरिएको ठाकुरनिकट केन्द्रीय कार्यकारिणी समिति सदस्य शरतसिंह भण्डारीले बताए।