महेस बस्नेत दिउँसै गाँजा खाएर बोल्न थालेछन – नेता खतिवडा
१८ जेठ काठमाडौं। अहिले नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत दिउँसै गाँजा खाएर बोल्न थालेको टिप्पणी गरेका छन्।
नेता बस्नेतले नेपाली कांग्रेस पार्टी फुटाइदिने हैसियत भएको बताएको कुरा सञ्चारमाध्यममा आएपछि नेता खतिवडाले यस्तो टिप्पणी गरेका हुन्।
कांग्रेस नेता खतिवडाले सामाजिक सञ्जालमार्फत् यस्तो टिप्पणी गरेका हुन्। उनले लेखेका छन्, ‘महेश बस्नेत भन्ने पूर्वमन्त्री र माननीय दिउँसै गाँजा खाएर गफ दिन थालेछन्। कांग्रेस फुटाउने रे ?
आफ्नो पार्टी दुईतिहाइबाट अल्पमतमा पुगेर आफैंले एमालेबाट केही नेतालाई (माझ समुह) हटाइएको अनि राष्ट्रपतिको सहाराले अध्यादेशमा अपहरणमार्फत देश चलाएको बिर्से कसो ? अपहरण बन्द गर !’
नेता बस्नेतले सोमबार आयोजित युवा संघको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई फुटाइदिने चेतावनी दिएका थिए।
