प्रधानमन्त्रीलाई शर्माको जवाफ : कालो कोटमा होइन ,कालो सोचमा समस्या छ


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १८ २०७८
4.8K
SHARES

१८ जेठ काठमाडौं।आज नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माले ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैब निन्दनीय हुने बताएका छन्। शर्माले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।

उनले ‘कालो कोट’ मा होइन ‘कालो सोच’ मा समस्या छ, प्रधानमन्त्रीलाई भनेका छन्। उनले व्यक्तिको पहिचान अभिव्यक्तिमा हुने भन्दै देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोक्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन्।

उनले लेखेका छन् ‘अरु बोले अराजक अभिव्यक्ति,आफु बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ? ‘ ‘सम्माननिय, प्रधानमन्त्री , व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ, देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब !!!!’ हिजो युवा संघको भर्चुअल बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुको चर्को आलोचना गरेका थिए।

उनले कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुको आलोचना गदै ‘कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पु¥याउँदै हुनुहुन्छ ? ’भनेका थिए। साथै उनले संयुक्त वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरुप्रति पनि आक्रोश पोखेका थिए।

Capture