बैंकहरुको निक्षेप सङ्कलन घट्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १८ २०७८
8.2K
SHARES

१८ जेठ काठमाडौ । अहिले वाणिज्य बैङ्कहरुको निक्षेप सङ्कलन पछिल्लो साता घटेको छ। जेठ ७ देखि १४ गतेसम्म निक्षेप ५ अर्बले घटेको छ। जेठ सात गतेसम्म बैङ्कहरूसँग ३९ खर्ब ६१ अर्ब रुपैयाँ रहेकोमा त्यसको एक सातापछि ५ अर्बले कमी आउँदै ३९ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ।

तर, यस अवधिमा बैङ्कको कर्जा लगानी भने १० अर्ब रुपैयाँले बढेको छ। जेठ सात गतेसम्म ३६ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी रहेकोमा १४ गते आइपुग्दा ३६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।

यसले लगानीका लागि कर्जाको माग बढी रहेको देखाउँछ। निक्षेप भन्दा कर्जा बढी हुदै गए तरलता –लगानीयोग्य रकम) संकट चुलिन सक्नेछ।