पार्टीले मलाई २० हजार तलब दिन्छ- महासचिव विप्लव


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
8.9K
SHARES

१९ जेठ, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूलाई पार्टीले मासिक २० हजार तलब दिने बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसग कुराकानी गर्दै उनले सो खुलासा गरेका हुन् ।

तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’

सो कार्यक्रममा बोल्दै विप्लवले आफूले ट्याक्टर लगाउने लगायतका काम गर्ने गरेको भन्दै हातको ठेला देखाएका छन् । ‘यो कुनै बनावटी कुरा होइन, हाम्रो एउटा सपना छ,’ उनले भनेका छन्, ‘हामीले त्यो गरेर देखाउँदै पनि छौं ।’

विप्लवसँगको अन्तरवार्ता आज राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।-अनलाइनखबरबाट