इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जरलाई राष्ट्र बैंकको स्वीकृति


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
5.1K
SHARES

१९ जेष्ठ काठमाडौ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जरलाई स्वीकृति दिएको छ । राष्ट्र बैंकको मंगलबार बसेको बोर्ड बैठकले यी दुई बैंकलाई लेटर अफ इन्ट्रेस्ट (एलओआई) दिने निर्णय गरेको हो । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच वैशाख ३० गते मर्जर सम्झौता भएको थियो ।
यसैबीच बोर्ड बैठकले नवील बैंक–यूनाइटेड फाइनान्सलाई मर्जरका लागि एलओआई दिने निर्णय गरेको छ । नबिल बैंकले यूनााईटेड फाइनान्सलाई प्राप्ति (एक्विजिशन) गर्ने गरी वैशाख १७ गते सम्झौता भएको थियो ।यी चार वटा बैंक तथा वित्तीय संस्थाहरु अबको केही दिनमा मर्जरमा जानेछन् । एलओआई पाएसँगै यी संस्थालाई मर्जर प्रक्रिया तीव्र गतिमा अगाडि बढाउन सहज हुनेछ ।