ओलीले आफूलाई अप्ठेरो परेर वार्ताको कार्ड फालेका हुन , हामी फस्ने वाला छैनौ – नेता नेपाल
१९ जेठ काठमाडौं । अहिले एमालेका नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए एमाले एकताको अझै सम्भावना रहेको बताएका छन् । जनसंगठनहरूको भर्चुअल बैठकमा नेता नेपालले एकता प्रयासले सार्थक रुप नलिइरहेको बताए ।
‘हामी एकताको विपक्षमा छैनौं । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन,’ नेता नेपालको भनाइ थियो ।
बैठकमा सहभागी नेता जयन्ती राईका अनुसार पार्टीभित्र देखिएको विवाद हल गर्न गठन भएको कार्यदलको आधिकारिक वार्ता नभएको नेता नेपालले जानकारी दिएका छन् । केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्ने गरेको नेता नेपालको भनाइ थियो ।
पार्टीबाट निष्कासन गर्ने निर्णय भएमा स्वागत गर्छौ भनेर विज्ञप्ति जारी गरियो । केपी ओलीकै निर्देशनमा विज्ञप्ति आएको हो भन्ने छलफल भयो ।