नेप्सेले पार गर्यो २९ सयको विन्दु, एकै दिन १७ अर्ब २७ करोडको कारोबार
२३ जेठ काठमाण्डौं। आज साताको पहिलो दिन आइतबार सेयरर बजार परिसूचक नेप्से ५० अकंले बढेर पहिलो पटक २९ सय विन्दुलाई पार गरेको छ। अनइतबार नेप्से ५० दशमलव १३ अकं बढेर २९ सय ६ दशमलव ८९ विन्दुमा पुगेर बन्द भएको छ।
यो नेपालको सेयर बजार इतिहासमा सबैभन्दा उच्च विन्दु हो। नेप्से परिसूचक बढ्दा त्यसलाई कारोबार रकमले पनि साथ दिएको छ। आइतबार एकै दिन १७ अर्ब २७ करोड बढीको सेयर खरिद बीक्रि भएको छ। आज तीन करोड ७४ लाख कित्ता सेयर १७ अर्ब २७ करोड १७ लाख रुपैयाँमा कारोबार भएको हो।
यस दिन बैंकिङ समूहको सेयर ६९ दशमलव ८५ अंकले बढेको छ। त्यस्तै विकास बैंकको सेयर ९६ अंक, फानाइनान्सको २८ अकं, अन्यको ६७ र माइक्रोफाइनान्स र लगानी समूहको शेयर चार÷चार अङ्कले बढेको छ। व्यापार, होटल, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन समूहको सेयर भने घटेको छ।
आज सबैभन्दा धेरै महिला लघुवित्त, गुडविल फाइनान्ससहित पाँच कम्पनीको सेयर १० प्रतिशतले बढ्दा राधी जलविद्युत् कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै नौ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।