नेपाल धितोपत्र बोर्ड २८ वर्ष पुरा गरी २९ औं वर्षमा प्रवेश


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८
17.5K
SHARES

२५ जेठ काठमाडौं।आजबाट नेपाल धितोपत्र बोर्ड २८ वर्ष पुरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बोर्डले २८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो।

धितोपत्र बोर्डले मंगलवार विहान उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाउन लागेको हो।

कार्यक्रममा बोर्डको पूर्व अध्यक्षहरु,नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी,क्रेडिट रेटिंग संस्थाहरु,मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएसन,लगानीकर्ता संघसंस्था लगायतको सहभागिता रहने बोर्डले बताएको छ। सोही अवसरमा बोर्डले नेपाल धितोपत्र बोर्ड, वार्षिकोत्सव विशेषांक लेख- २०७८ सार्वजनिक गर्ने छ।

नेपाल धितोपत्र बोर्डको स्थापना विसं २०४९ सालमा धितोपत्र कारोबार ऐन, २०४० लाई प्रथम संशोधन गरी धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण गर्न सरकारले २०५० जेष्ठ २५ मा धितोपत्र बजारको नियमनकारी निकायको रूपमा भएको हो।