एचआइडीसीएलको हकप्रद सेयर समायोजनपछि कति पुग्यो मुल्य ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८ २०७८
7.2K
SHARES

२८ जेठ काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को १००% हकप्रद सेयरपछि मूल्य समायोजन भएको छ ।

समायोजनपछिको भाउ नेप्सेले ३४३ रुपैयाँ निर्धारण गरेको छ । यहि मूल्यलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्नेछ ।

कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि आज शुक्रबार जेठ २८ गते बुक क्लोज गरेको छ । तसर्थ, उक्त हकप्रद सेयरमा बिहीबार जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।