विश्व बैंकले भन्यो : नेपाल सरकारद्धारा गरिएको आर्थिक बृद्धिदर प्रक्षेपण सम्भव छैन्


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ३० २०७८
12.6K
SHARES

३० जेठ काठमाडौ । विश्व बैंकले नेपाल सरकारद्धारा गरिएको आर्थिक बृद्धिदर प्रक्षेपण सम्भव नभएको बताएको छ। नेपाले चालु र आगामी आर्थिक वर्षका लागि गरेको आर्थिक वृद्धिदरको प्रक्ष्येपणको लक्ष्य पूरा नहुने उसको ठहर छ।

विश्व बैंकले नेपालको अनुमान भन्दा आधा मात्रै आर्थिक वृद्धि सम्भव रहेको जनाएको छ। विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट’ रिपोर्टमा सो कुरा उल्लेख छ। चालु आर्थिक वर्ष २०७७ /७८ का लागि २.७ प्रतिशत मात्रै आर्थिक वृद्धिदर सम्भव भएको जनाइएको छ।

नेपालले चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धिदर र २०७८/७९ का लागि ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको हो। विश्व बैंकले आगामी २०७८/७९ आर्थिक वर्षका लागि नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत अनुमान गरेको छ।