एक्सल डेभलपमेन्ट बैंकको हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ ३१ २०७८
10.4K
SHARES
३१ जेठ काठमाडौं। एक्सल डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले १०ः३ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि बोर्डमा जेठ २७ गते अनुमतिका लागि आवेदन दिएको हो।
कम्पनीले २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद शेयरका लागि आवेदन दिएको हो। कम्पनीले हकप्रद शेयर निष्कासनका लागि शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट