प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट
जनकपुरधाम । प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८/०७८ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ । प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बिजय कुमार यादवले बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेका हुन् । उनका अनुसार वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आन्तिरक ऋण एक अर्ब परिचालन गर्ने लक्ष्य लिएको र प्रदेश सरकारले हालसम्म ऋण नलिएको उल्लेख बताइएको । चालु आर्थिक वर्षको जेठ २० गतेसम्म संघीय सरकारबाट प्राप्त भएको वित्तिय समानीकरण अनुदान पाँच अर्ब २६ करोड ५० लाख, राजस्व बाँडफाँडबाट ५ अर्ब ९८ करोड २४ लाख, संघीय सशर्त अनुदानबाट ५ अर्ब दश करोड ७५ लाख, विशेष अनुदान अन्तगर्त १३ करोड ८३ लाख र समपूरक अनुदानबापत ९२ लाख प्राप्त भएको बताइएको छ ।
आन्तिरक राजस्वबाट ३ अर्ब २ करोड एक लाख रुपैयाँ प्राप्त भएको छ । कुल विनियोजनाको ६२.५ प्रतिशत खर्च हुने संशोधित अनुमान छ । चालुतर्फ ७२.३४ र पुँजीगततर्फ ५२.६६ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।