आज २,२९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ७ २०७८
8.4K
SHARES

७ असार काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोभिड संक्रमित थपिएका छन् ।

१० हजार ९०४  जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।