नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत लाभांश दिने
८ असार काठमाडौ । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
आइतबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको १६.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.५ प्रतिशत नगद गरि २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कम्पनीको उक्त प्रस्ताव बीमा समिति र नेपाल सरकारले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपाची लगानीकर्तामा वितरण हुने छ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ। कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ।