आज २,४२१ संक्रमित थपिए, ८१ जनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार ९ २०७८
4.4K
SHARES
९ असार काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ४२१ जना संक्रमित थपिएका छन् ।
१२ हजार ४१४ वटा नमुनाको पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा दुई हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५० हजार ४२० रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५२ र विभिन्न समयमा मृत्यु भएकाको तथ्यांकसहित थप ८१ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट तीन हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट