कृषि विकास बैंकको क्रेडिट कार्ड सेवा सार्बजनिक


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १५ २०७८
13.4K
SHARES

१५ असार काठमाडौं । आधुनिक प्रविधिको विकास संगै बैंकिङ्ग क्षेत्रमा विभिन्न किसिमका वस्तु तथा सेवाको विकास एवम विस्तार भईरहेको छ । यसै क्रममा कृषि विकास बैक लिमिटेडले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पुर्याउन , बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक वस्तु तथा सेवाहरु उपलव्ध गराउदै आईरहेको अवस्थामा कृषि विकास  बैकले २०७८ साल बैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको शुरुवात गरिसकेको छ ।

हालसम्म यस बैकले ७८ वटा कार्डहरु जारी गरिसकेको छ । नेपालका सरकारीस्तरका बैकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको छ । कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिकहरु, यस बैकका पूर्व कर्मचारीहरु तथा बैकका कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस बैककले जारी गरेको क्रेडिट कार्डको सिमा न्यूनतम रु २५,००० देखि अधिकतम रु १०,००,००० सम्म कायम गरिएको छ । त्यसैगरी EMV Compliance, Contactless Payment Features,नेपाल र भारतमा चल्ने, POS Terminal मार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने आदि विशेषताहरु रहेका छन् । साथै उक्त बैंकले क्रेडिट कार्ड सुविधा लिन आफूलाई पायक पर्ने कृषि विकास बैंक लि.का शाखा कार्यालयहरुमा सम्पर्क राख्न सम्पूर्ण ग्राहक महानुभावहरुमा समेत अनुरोध गरेको छ ।