आजबाट युनियन लाइफको आईपीओ खुल्यो , कहिलेसम्म छ आवेदन भर्ने समय ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २४ २०७८
5.7K
SHARES

२४ असार काठमाडौं । आजदेखि युनियन लाइफ इन्स्योरेन्सले (असार २४ गते) बिहीबारदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारणको लागि कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएकाे हाे।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। प्रत्याभुतकर्तामा नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ।

कम्पनीको आईपीओमा छिटोमा असार २८ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा माथि १० अंकको गुणाङ्क संख्यामा अधिकतम ३२ हजार २५० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सक्नेछन्।