अमेरिकाबाट आइपुग्यो खोप , यी उमेरका लाई लगाइने
२८ असार काठमाडौं । अमेरिकी सरकारले उपलब्ध गराएको कोरोनाभाइरसविरुद्धको १५ लाखभन्दा बढी डोज खोप आज बिहान नेपाल आइपुगेको छ ।
कोभ्याक्समार्फत अमेरिकाले नेपाललाई अनुदानमा उक्त परिमाणको खोप दिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन् । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको खोप उपलब्ध गराएको हो । यस खोप ५० देखि ५४ उमेर समूहकालाई लगाइने छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज कोभिड–१९ विरुद्धको खोप काठमाडौं आइपुगेको जनाएको छ । एकपटक लगाए पुग्ने यो खोप १५ लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुने जनाइएको छ ।