सेयर कारोबार बन्दपछि पनि ‘मेरो सेयर’ मा अपडेट भएन


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १० २०७८
11.5K
SHARES

१० साउन काठमाडौं । आइतबारको सेयर कारोबार बन्द हुँदा पनि ‘मेरो सेयर’मा डाटा अपडेट भएको छैन । नेपाल स्टक एक्सचेन्जले सेयर कारोबारको तथ्याङ्क उपलब्ध नगराउँदा ‘मेरो सेयर’मा अपडेट देखिएको बताइएको छ ।

सीडीडएससी एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले आइतबारको सेयर कारोबारको तथ्याङ्क नेप्सेबाट उपलब्ध नहुँदा मेरोसेयरमा अपडेट नभएको बताए ।

आइतबारको सेयर कारोबार बन्द हुँदा पनि गएको बिहीबारकै पोर्टफोलियो ‘मेरो सेयर’मा देखिएको छ ।