सेलपेमा एनीभर्सरी अफर


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ११ २०७८
5.6K
SHARES

११ साउन काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर लिएर आएको छ ।यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेबाट Fonepay का जुनसुकैMerchant मा पहिलो भुक्तानी गर्दा १०% cashback (रु.१००) सम्म र बम्पर उपहारमा ७ जना लक्की विजेताले Samsung Galaxy F22 जित्ने मौका पाउनेछन् । यो योजना यही श्रावन १० गतेदेखि श्रावन १६ गतेसम्म लागु हुने छ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।
 बास्तविक समयमा भुक्तानी
 सरल र सुरक्षित
 बैंक खाताका साथै Wallet बाट पनि कारोबार गर्न सकिने

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले CellPay Kart सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नु हुनेछ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका खाताका साथै Wallet Load बाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । साथै ग्राहकहरुले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।सेलपे एप्प डाउनलोड गरी Wallet Load का साथै आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।