गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ११ २०७८
5.9K
SHARES

११ साउन काठमाडौं ।आज उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा पहाडको माथिबाट खसेको ढुङ्गाले एउटा पुल नै भत्काएको देखिएको छ ।

हिमाचल प्रदेशका मुख्यमन्त्री जाइराम ठाकुरले यो घटनालाई हृदयविदारक भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा राखिएको केही भिडियोमा पुललाई पहिरोले भत्काउनुभन्दा पहिला नै आसपासमा पार्क गरेर राखिएको गाडीलाई ढुङ्गाले लागेको देखिन्छ ।