आफूले मौद्रिक नीति ल्याउन अवरोध गरेको छैन – अर्थमन्त्री शर्मा
१४ साउन काठमाडौं ।आज अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति ल्याउन आफूले अवरोध नगरेको बताएका छन् । आर्थिक पत्रकार संघसँगको छलफलमा उनले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले त्यस्तो निर्देशन नदिइएको बताए ।
राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीहरूको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको उनले बताए । उनले अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर जनतालाई जानकारी दिन मात्र यथार्थस्थिति स्पष्ट पार्न खोजिएको पनि उनले बताए ।
उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रका बदल्ने हिसावले पहलकदमी अघि बढाउन सोच रहेको उनको भनाइ छ ।
अर्थसचिव शिशिर कुमार ढुङ्गानाले अर्थतन्त्रको स्थिति कमजोर अवस्थामा रहेको भन्दै पुँजीगत खर्च बढाउने र व्यापार घाटा कम गर्ने दिशामा मेहनत गर्नुपर्ने अवस्था रहेको बताए ।