टाटा नेक्सन ईभी खरिदमा एनएमबी बैंकको सहुलियतपूर्ण कर्जा


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १८ २०७८
5.9K
SHARES

१८ साउन काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी  ट्रेडिङ प्रा. लि. र एन.एम.बि. बैंकबीच एक सम्झौता भएको छ । टाटा मोटर्सको इलेक्ट्रिक भेहिकल नेक्सन ईभी खरिद गर्न चाहने खरिदकर्ताले एन.एम.बि. बैंकबाट सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने सहमति भएको छ ।

उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन ईभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूले शुन्य प्रतिशत प्रिमियमसहित बैंकको बेस रेट ब्याजदरमा बैंकको सबै शाखाबाट कर्जा प्राप्त गर्न सक्ने जनाइएको छ ।

यस अन्तर्गत बैंकले २४ कार्य घण्टाभित्र ८० प्रतिशत सम्म फाइनान्सको सुविधा उपलब्ध गराउने समझदारी भएको छ ।

उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र बैंकको तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्याय हस्ताक्षर गरेका छन् ।