अब बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन अर्थ समितिमा छलफल


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
2.8K
SHARES

३१ साउन काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने उपसमितिको सिफारिस कार्यान्वयनबारे चासो व्यक्त गरेको छ । आइतबार नेपाल धितोपत्र बोर्डसँग छलफल गर्दै समितिले यस्तो चासो देखाएको हो ।

समितिले यसअघि सांसद् रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित पुँजीबजार र मुद्राबजारसम्बन्धी अध्ययन उपसमितिले दिएको प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे बोर्डसँग जानकारी माग गरेको छ । आजको बैठकमा बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले धितोपत्र दलाल व्यवसायीसम्बन्धी नियमावली संशोधन गर्न अर्थ मन्त्रालयमा पेस गरिएको बताए ।

उनले सोही नियमावलीमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने गरी व्यवस्था गरिएको समितिलाई जानकारी गराए । उक्त नियमावली संशोधन भएलगत्तै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सकिने उनले बताए ।