अफगानिस्तानका राष्ट्रपति घानीले राजीनामा दिँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
8.9K
SHARES

३१ साउन काबुल । अफानिस्तानका राष्ट्रपति अशरफ घानीले राजीनामा दिने भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार घानीले बिद्रोही समूह तालिबानलाई सत्ता हस्तान्तरण गर्न लगेका हुन् ।

एएनआईले समाचार एजेन्सी ‘द खाम प्रेस’ लाई उद्धृत गर्दै अब बन्ने अन्तरिम सरकारको नेतृत्व जर्मनीका लागि अफ्गानिस्तानका पूर्व राजदूत अलि अहम्मद जलालीले गर्ने पनि उल्लेख गरेको छ ।  तालिबानले शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुपर्ने भनी प्रस्ताव गरेपछि अहिले त्यस विषयमा छलफलको प्रक्रिया अघि बढेको समाचारमा उल्लेख छ ।

बिद्रोही समूह तालिबान आजै अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको थियो ।

यसैबीच तालिबानले देशका २५ राज्यमा कब्जा जमाएको छ । समाचार संस्था सीसीएनएनले जनाएअनुसार तालिाबानले अफगानिस्तानका ३४ राज्यमध्ये २५ मा कब्जा जमाएको हो ।