जलबिद्युतको शेयर मुल्य अचाक्ली बृद्धि


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १ २०७८
7.9K
SHARES

१ भदौ काठमाडौ ।अहिले बढ्दो शेयर बजारमा सामान्य र नयाँ लगानीकर्ताहरु पनि आकर्षित भईरहेका छन् । उनीहरुले दिन दिनै आईपिओ त भर्छन् नै दोस्रो बजारमा पनि शेयर किन्न शुरु गरेका छन् । अहिले औषत दैनिक दुई लाख लगानीकर्ताहरु शेयर कारोबार गर्दछन् । अनलाईन कारोबार गर्नेकै संख्या ८ लाख माथि छ भने कुल लगानीकर्ताको संख्या ४० लाख पुगिसकेको बताईन्छ ।

यस्तोमा अहिले मु्ख्यतयाः जलविद्युत कम्पनीहरुको शेयर अचाक्ली बढेको छ । ६ महिना अघि सम्म एक सय भन्दा कम भएका जलविद्युत कम्पनीहरुको शेयर ५ सयदेखि हजार माथि सम्म पुगिसकेको छ । यसले आगामी केही दिनमा जलविद्युतको शेयर मुल्यमा ठूलो गिरावट आउन सक्ने चिन्ता एक ब्रोकर कम्पनीका अधिकारीले दाबी गरे । अहिले अस्वभाविक रुपमा जलविद्युत कम्पनीको शेयरमा उछाल आउनु लगानीकर्ताका लागि सोचनिय र चिन्ताको बिषय बन्नु पर्ने उनको सुझाव छ ।

खास गरी तामाकोशी, चिलिमे, सान्जेन जस्ता सरकारी वा विद्युत प्राधिकरणको स्वामित्वमा रहेका भरपर्दा आयोजनाको शेयर खासै नबढेको तर ५ मेगावाट देखि २५ मेगावाट सम्मको बिजुली बनाएका वा बनाईनसकेका कम्पनीको शेयर भाउ निकै माथि पुगेको छ । जस्तो खानी खोला लगायत केही आयोजना यस भित्र पर्ने नाम उल्लेख नगर्ने शर्तमा उनले दाबी गरे ।

अधिकांश बैंकले यस पटक दोहोरो अंकको लाभांश दिन सक्ने देखिएपनि त्यो क्षेत्रको मुल्य कम मात्रै बृद्धि भएको छ भने लाभांस क्षमता नभएका वा कम भएका साना जलविद्युत कम्पनीको शेयर अचाक्ली बढ्नुमा कसले के भूमिका खेलिरहेको छ अनुमानै गर्न सकिएको छैन । उनले भने ।
उनले लगानीकर्तालाई अब बोनस राम्रो प्रतिशतमा दिन सक्ने कम्पनीहरु छनौट गरेर लगानी गर्न पनि सुझाव दिए । बेलैमा सचेत नहुँदा सोझा र नयाँ लगानीकर्ता फस्ने जोखिम हुने उनको ठम्याई रहेको छ ।