अफगानिस्तानको नयाँ प्रधानमन्त्रीमा मुल्लाह मोहम्मद हसन अखुन्द


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
18.4K
SHARES

२२ भदौ काठमाडौं । अहिले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि तालिबान समूहले सरकार घोषणा गरेको छ।

मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री र अब्दुल गनी बरादर उपप्रधानमन्त्री हुने भएका छन् ।

तालिबानी समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानमा प्रधानमन्त्री र उपप्रधानमन्त्री टुग्गो लागेको जनाएको अन्तराष्टिय समाचार सस्था विविसिले जनाएको छ । सरकारमा मुल्लाह याकुब रक्षामन्त्री र सिराज हक्कानी गृहमन्त्री बनेका छन्।

उनले भने, हामीलाई थाहा छ लामो समयदेखि हाम्रा जनता सरकारका लागि प्रतीक्षारत छन्।