मुख्यमन्त्री रूपाणीले दिए राजीनामा


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २६ २०७८
7.9K
SHARES

२६ भदौ काठमाडौं । आज भारतको गुजरातका मुख्यमन्त्री विजय रूपाणीले पदबाट राजीनामा दिएका छन् ।

शनिबार दिउँसो उनले अचानक राजीनामा दिएका हुन् । उनको राजीनामाको कारण खुलेको छैन ।

उनले सन् २०१६ अगस्ट ७ मा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय जनता पार्टी (भाजपा)का नेता हुन् ।