हाफ पाइन्ट लगाएका कारण परीक्षा दिनबाट किशोरीलाई रोक
२ असोज एजेन्सी । छिमेकी मुलुक भारतमा हाफ पाइन्ट लगाएर आएकी एक किशोरीलाई परीक्षा दिनबाट रोकिएको घटना सार्वजनिक भएको छ ।
भारतको असम राज्यको विश्वनाथ चारियालीमा बस्ने ती छात्रा कृषि विश्वविद्यालयको परीक्षाका लागि आफ्ना बाबुका साथमा घरबाट ७० किमी टाढा तेजपुर सहरमा रहेको गिरिजानन्द चौधरी इस्टिट्यूट अफ फर्मास्टयूटिकल साइन्सेजमा रहेको परीक्षा केन्द्र पुगेका थिए ।
उनलाई गेटमा रहेका सुरक्षाकर्मीहरु त केही भनेनन् तर परीक्षा हलमा भने त्यहाँ रहेका निरीक्षकले भने सुरुवाल लगाउन भनेका थिए । उनले सुरुवाल नलगाई कक्षामा बस्न नदिने बताएकपछि ती छात्रा रुँदै परीक्षा केन्द्रबाट बाहिरिइन् र सबैभन्दा नजिक ८ किमी टाढा रहेको बजारबाट उनका बुबाले सुरुवाल ल्याएपछि मात्र परीक्षा दिन पाइन् ।
उनले पुरुष र महिला परिक्षार्थीहरु प्रति भिन्नाभिन्नै व्यवहार रहेको भन्दै प्रश्न खडा गरेकी छन् । उनी पुरुषहरु जे पनि लगाउन स्वतन्त्र छन् तर महिला हाफ पाइन्ट लगाउँछिन् त उनी माथि औंला ठड्याइन्छ । कलेजलाई यस्ता पोषाक माथि आपत्ति भए प्रवेश पत्रमा नै लेख्नुपर्ने उनको तर्क छ ।